Breaking News

6/recent/ticker-posts

Header Ads Widget

आफ्नै शिशु मारेर फाल्नेलाई सर्वस्वसहित जन्मकैद


खोटाङ, वैसाख ३० – आफ्नै शिशु मारेर फालेको आरोपमा जिल्ला अदालत खोटाङले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । अबैध यौन सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गरी फालेको आरोपमा खोटाङ याम्खा–५ की २८ वर्षकी उमिता परियारलाई अदलतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।

गएको असार २७ गते नवजात शिशुको हत्या गरेर फालेकी परियारलाई मुलुकी ऐनको धारा १३३ बमोजिम सर्वस्वसहित जन्म कैदको फैसला सुनाइएको जिल्ला अदालत खोटाङका जिल्ला न्यायाधीश इश्वरी प्रसाद गौतमले बताउनुभयो । परियारले शिशु जन्मना साथ मारेर प्लाष्टिकको पोकामा हालेर मकैबारीमा फालेको फेला परेपछि प्रहरीले परियारलाई पक्राउ गरेको थियो ।

Post a Comment

0 Comments