Breaking News

6/recent/ticker-posts

Header Ads Widget

सेनाको ब्यारेकमा राहत सामाग्री थन्कियो


२ जेठ, काठमाडौं । भूकम्पपीडितका लागि सरकारी तथा गैरसरकारी निकायबाट आएको राहत सामग्री गाउँ पठाउन नसकिएपछि नेपाली सेनाको चरिकोटस्थित बर्दबहादुर गणमा थन्किएको छ ।

जिल्ला दैवी प्रकोप उद्धार समितिले जिल्ला भित्रिएको राहतलाई एकद्वार प्रणालीबाट गणमा केन्दि्रत गरी नगरपालिका र गाविसमा पठाउने गरे पनि चार दिनदेखि पठाउन नसकेको नयाँ पत्रिकामा खबर छ ।

सेनाको ब्यारेकमा त्रिपाल, खाद्यान्नलगायत सामग्री थुपि्रने क्रम बढेको छ । तर, भूकम्पपीडितले सामान्य राहत पनि पाउन सकेका छैनन् ।

प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले केन्द्रबाटै दोलखाका लागि पर्याप्त राहत नआएको बताए । उनले आएको राहतलाई प्नि इनधन र गाडीको अभावका कारण गाउँ पठाउन नसकिएको बताए ।

Post a Comment

0 Comments