महाविपत्तिमा परि ज्यान गुमाएका र यसबाट प्रत्यक्ष रुपमा प्रभावित भएका झण्डै १३० जना स्थानिय वासीलाई रासनका साथ साथै ६० घर परिवारलाई त्रिपाल वितरण गरिएको छ । बैरेनी निवासी डा . भाइराजा श्रेष्ठ द्वारा प्रदान गरिएको राहत वितरणमा क्रियटिभ व्याइज अफ बैरेनीको सक्रिय सहभागिता रहेको छ । पिडितको पहिचान गरी कल्लेरी गा. वि. स. मा राहत वितरण गरिएको र भोली बैरेनीमा वितरण गरिने कुरा विशाल श्रेष्ठले साकार खबरलाई बताउनु भयो । यसरी नै हरेक व्यक्ति र समूहले सहयोग गर्दै जाने हो भने भैपरी अाएका विपत्तिवाट सहज जीवन जीउन सजिलो हुनेछ ।
0 Comments