दुवै पाठा मान्छेकै बच्चाको आकार र प्रकारका भएका तर हात खुट्टमा औला भने नभएका छन् । मासुको डल्लो जस्तो टाउको रहेका पाठाका मानिसको जस्तै आँखा, मुख कान छ । बाख्राले अनौठो पाठा जन्माएपछि बुधबार बिहानदेखि नै सदाको घरमा हेर्नेहरुको घुँइचो लागेको थियो । हेर्न आउने मानिसले भगवानको रुप भन्दै पूजा गर्ने तथा पैसासमेत चढाएका थिए ।
बाख्राले जन्माएको दुई वटै अनौठो पाठा तीन घण्टापछि मरेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मनोहर झा बाहुनले जानकारी दिनुभयो ।
0 Comments