काठमाडौं-नेकपा एमालेका पोलिटब्यूरो सदस्य रामनाथ ढकालको निधन भएको छ। स्वाइन फ्लूका कारण गम्भीर बिरामी परेका ढकालको ग्रान्डी अस्पतालमा उपचारको क्रममा आज निधन भएको हो। ढकाललाई गत शुक्रबार अस्पताल भर्ना गरिएको थियो।
उनलाई उपचारको लागि एयर एम्वुलेन्स मार्फत दिल्ली लैजाने भनिए पनि खराब मौसमाका कारण सम्भब नभएपछि नेपालमै उपचार गर्ने निर्णय गरिएको थियो। ढकालले क्षरोगको समेत औषधी सेवन गर्दै आएका थिए। ढकाल अघिल्लो संविधानसभामा राज्य व्यवस्था समितिको सभापति थिए।
0 Comments