'नेपालका लागि चुनौती बढ्दो
२०७१ चैत्र २० शुक्रबार
फोटो :पुबुदु दासानायके,प्रमुख प्रशिक्षक,राष्ट्रिय क्रिकेट टोली एकदिवसीय विश्वकपको ११ औं संस्करण भर्खरै सकिएको छ। उक्त विश्वकप खेल्न नेपालले पनि ठूलै प्रयास गरेको थियो। नेपालले अब सन् २०१९ को विश्वकप खेल्ने लक्ष्य लिएको छ। त्यसअघि आइसिसी वल्र्ड क्रिकेट लिग डिभिजन च्याम्पियनसिपको चुनौती त नेपाललाई छँदै नै छ।
विश्वकपमा एसोसिएट टोलीले गरेको प्रदर्शन, डिभिजन च्याम्पियनसिपमा नेपालको सम्भावना र नेपाली क्रिकेटको वर्तमान चुनौतीको सेरोफेरोमा रहेर राष्ट्रिय क्रिकेट टोलीका प्रमुख प्रशिक्षक पुबुदु दासानायकेसँग अन्नपूर्णकर्मी लोकेन्द्र प्रसाईंले गरेको कुराकानी :
भर्खरै मात्र विश्वकप सकिएको छ, समग्रमा कस्तो लाग्यो?
टिट्वेन्टीको आगमनसँगै एकदिवसीय क्रिकेट ओझेलमा पर्दै गएको थियो। तर यो विश्वकपपछि एकदिवसीय क्रिकेटले पुनर्जीवन पाएजस्तो भएको छ। एकदिवसीय क्रिकेटले एउटा उचाइमा आफ्नो महत्त्व देखाएको छ।
विशेषगरी ब्याटिङमा जुन परिवर्तन देखियो, यो नै सबैभन्दा उल्लेखनीय पक्ष हो। यसमा धेरथोर योगदान टिट्वेन्टी क्रिकेटकै पनि छ। त्यसबाहेक आइसिसीले फिल्डिङमा गरेको नियम परिवर्तनले पनि ब्याटिङमा परिवर्तन देखिएको छ।
यो विश्वकपमै हेर्ने हो भने तीन सय आसपासका लक्ष्य सहज देखिए। ब्याट्सम्यान पनि प्राविधिक रूपमा आत्मविश्वासका साथ खुलेर खेल्न थालेका छन्। समग्रमा भन्नु पर्दा यो विश्वकपले एकदिवसीय क्रिकेट सही दिशामा अघि बढिरहेको सन्देश दिएको छ।
मैले अहिले देखेका केही नयाँ अनुहार 'एक्स्ट्रा' छन्, जसले अवसर पाएमा हामीलाई 'सरप्राइज' दिन सक्छन्।
नेपालले हराइसकेका एसोसिएट राष्ट्र पनि विश्वकपमा थिए। समग्रमा एसोसिएट राष्ट्रको प्रदर्शन कस्तो लाग्यो?
आयरल्यान्डले त पहिलादेखि नै राम्रो खेल्दै आएको हो। अफगानिस्तान, युएई र स्कटल्यान्डले यस पटक राम्रो खेलेर प्रशंसा बटुले।
विश्व क्रिकेटले एसोसिएटलाई हेर्ने जुन दृष्टिकोण छ, त्यसका आधारमा भन्नुपर्दा विश्वकपमा यी राष्ट्रले निकै स्तरीय प्रदर्शन गरेका हुन्।
लामो समयदेखि आइसिसीको हाई पर्फमेन्स कार्यक्रमअन्तर्गत रहेकाले पनि यी टोलीको प्रदर्शनमा सुधार आएको हो। यो लगातार अन्तर्राष्ट्रिय खेलमा व्यस्त रहँदाको नतिजा पनि हो। एसोसिएट राष्ट्रले पनि ब्याटिङमा राम्रो योगफल तयार गर्न थालेका छन्।
अब नेपालको आँखा पनि सन् २०१९ को विश्वकपमा केन्द्रित छ, त्यसअघि डिभिजन च्याम्पियनसिप पनि मुखैमा आइसकेको छ। विश्वकपमा एसोसिएटले ब्याटिङमा गरेको सुधारले नेपालजस्तो ब्याटिङमा कमजोर देखिएको देशलाई त थप चुनौती थपेको देखियो नि?
हो, अब नेपालले ब्याटिङमा सुधार गर्नुको विकल्प छैन। विश्व क्रिकेट नै दिनप्रतिदिन स्तरीय बन्दैछ।
हरेक खेलाडीको क्षमता, टिमवर्क, योजना, नेतृत्व र तयारीले सफलतामा कति महत्त्व राख्छ भन्ने कुरा भर्खरै सकिएको विश्वकपबाटै पनि देखिएको छ। न्युजिल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रिकाजस्ता टोली सफल देखिनुका कारण यिनै हुन्।
अनि पाकिस्तान, वेस्टइन्डिजजस्ता टोलीले क्षमतावान् खेलाडी भएर पनि प्रभाव देखाउन नसक्नुको कारण पनि माथि उल्लेखित पक्षहरूबीच तालमेल नभएर नै हो।
त्यसैले अब नेपालका लागि पनि चुनौती बढ्दो छ। हामीसँग ५०/६० रन बनाउनेभन्दा माथिका खेलाडी छैनन्, त्यही पनि एक दुईजना मात्र।
ब्याटिङमा सुधार ल्याउन के गर्नु पर्ला त?
हाम्रा खेलाडीले अब शतकका लागि प्रयास गर्नुपर्छ। हामीले राम्रा टोलीलाई हे:यौं भने पनि हरेक खेलमा सबै ब्याट्सम्यान चलेको पाइँदैन।
एकदुईजना ब्याट्सम्यानको भरमा पनि ठूलो योगफल तयार गर्न सकिन्छ। हामी पनि यहीँबाट सुरुआत गर्न सक्छौं। घरेलु क्रिकेटमै पनि थुप्रै प्राविधिक समस्या छन्, जसमा सुधार ल्याउनु पर्छ।
राष्ट्रिय प्रतियोगितामा प्रयोग हुने विकेट ब्याटिङ मैत्री छैन। हामीले राष्ट्रिय क्रिकेट प्रतियोगिता 'फ्ल्याट विकेट' मा खेलाउन सक्नुपर्छ।
यसो गरियो भने ब्याट्सम्यानले सजिलै रन बनाउन सक्छन्। रन बन्न थालेपछि ब्याट्सम्यानको आत्मविश्वासमा पनि सुधार आउँछ। अम्पायरिङमा पनि धेरै सुधारको खाँचो देखेको छु।
घरेलु क्रिकेट प्रतियोगिताको संरचनालाई पनि बलियो बनाएर अन्तर्राष्ट्रिय खेल र तयारीमा जोड दियौं भने लक्ष्यमा पुग्न गाह्रो छैन।
अब हामीले वल्र्ड क्रिकेट लिग डिभिजन तिनका लागि गरेको भन्दा डिभिजन च्याम्पियनसिपका लागि अझ माथिल्लो स्तरको तयारी र प्रदर्शन गर्न सक्नुपर्छ। हामीसँग विश्वस्तरका खेलाडी छन् तर, उनीहरूलाई एक्सपोजरको आवश्यकता छ।
भर्खरै सिनियर राष्ट्रिय प्रतियोगिता सकिएको छ। क्यानले त्यसैका आधारमा राष्ट्रिय टोलीका लागि पहिलो चरणमा ५० खेलाडी छनोट गर्ने तयारी गरिरहेको छ, त्यहाँ तपाईंले खोजेजस्तो कति खेलाडी छन्?
पहिलो कुरा त, राष्ट्रिय टोलीका खेलाडी र नयाँ खेलाडीबीच ठूलो खाडल छ। यो स्वाभाविक पनि हो। नेपालमा राष्ट्रिय प्रतियोगिता कम हुन्छ। नयाँ खेलाडीलाई आफ्नो क्षमता देखाउने अवसरको अभाव छ। केवल राष्ट्रिय प्रतियोगितामा खेल्ने नयाँ खेलाडीले दुईतीन खेल खेलेर कत्तिको प्रभाव देखाउन सक्ला?
राष्ट्रिय टोलीमा रहेका खेलाडीले त अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्ने अवसर पाइरहेका हुन्छन् तर, नयाँ खेलाडीका लागि यो सुविधा पनि उपलब्ध हुँदैन।
त्यसैले आगामी दिनमा राष्ट्रिय प्रतियोगिता आयोजना गर्नुअघि जिल्लास्तीरय र क्षेत्रीय छनोटलाई प्रभावकारी बनाउनु आवश्यक छ। ती प्रतियोगितामा धेरै खेल खेल्न पाए खेलाडीको क्षमता पनि बढ्छ।
राष्ट्रिय प्रतियोगितासम्म आइपुग्दा उनीहरू धेरै माझिन्छन्। त्यसपछि राष्ट्रिय प्रतियोगितामा हरेक टोलीले कम्तीमा ६/७ वटा खेल खेल्न पायो भने हरेक खेलाडीको क्षमता राम्रोसँग देखिन्छ। तर हामी भने उल्टै बल्लतल्ल हुने राष्ट्रिय प्रतियोगिता पनि जतिसक्दो छोटो टुंग्याउन हतारिन्छौं।
यसको अर्थ तपाईंले राष्ट्रिय प्रतियोगिताबाट कुनै नयाँ खेलाडी पाउनु भएन, हैन छ?
होइन, मैले पर्याप्त सम्भावना बोकेका केही राम्रा खेलाडी पनि देखेको छु। तर समस्या फेरि पनि उही हो।
ती खेलाडीले पर्याप्त प्रतियोगिता खेल्ने मौका नै पाउँदैनन्। यस्तो स्थितिमा ती खेलाडीको स्तर माथि उठ्नै सक्दैन।
नयाँ खेलाडी तयार पार्ने हो भने त, सम्भावना बोकेका नयाँ अनुहारलाई एकपछि अर्को प्रतियोगिता खेलाउनुपर्छ र सँगसँगै उनीहरूको प्रशिक्षणमा पनि जोड दिनुपर्छ।
मैले अहिले देखेका केही नयाँ अनुहार 'एक्स्ट्रा' छन्, जसले अवसर पाएमा हामीलाई 'सरप्राइज' दिन सक्छन्।
तत्काल राष्ट्रिय टोलीका लागि नयाँ खेलाडीको खाँचो छ कि छैन?
अहिले राष्ट्रिय टोलीमा हामीलाई एकजना प्रारम्भिक ब्याट्सम्यान चाहिएको छ। मध्यक्रममा पनि दुईजना ब्याट्सम्यान आवश्यक छ। एकजना फास्ट बलिङ गर्न सक्ने अलराउन्डरको पनि खाँचो छ।
यसैगरी दायाँ हाते लेग स्पिनर पनि चाहिएको छ, जुन अहिलेसम्म मैले भेट्न सकेको छैन। मैले राष्ट्रिय टोलीमा आवश्यक खेलाडीको परिपूर्ति गर्न सक्ने केही नयाँ अनुहारको पहिचान गरेको छु।
तर टिट्वेन्टी राष्ट्रिय प्रतियोगितापछि मात्र त्यसको निक्र्योल हुनेछ। हामीले राम्रा टिमलाई हेर्यौं भने हरेक 'अर्डर' मा एकदुईजना खेलाडी विकल्प हुन्छन्, जुन हाम्रो राष्ट्रिय टोलीमा छैन।
राष्ट्रिय टोलीमा केही खेलाडी भित्रिने र बाहिरिने क्रम जारी छ। भर्खरै सकिएको राष्ट्रिय प्रतियोगितामा टोलीमा फर्कन सक्ने सम्भावना बोकेका खेलाडीको प्रदर्शन कस्तो रह्यो?
केहीले राम्रो प्रदर्शन गरेका छन्। प्रारम्भिक ब्याट्सम्यानका रूपमा अनिल मण्डलले राम्रो प्रदर्शन गरे।
डिभिजन एकमा उक्लन नसकेपछि खेलाडी निराश पनि थिए। तर मेरो विचारमा हामी इन्टर कन्टिनेन्टल कप खेल्न तयार थिएनौं। जुन देशमा दुईदेशीय वा तीनदेशीय घरेलु प्रतियोगिता हुँदैन, उसले यतिबेलै इन्टर कन्टिनेन्टल कप खेल्ने सपना बुन्नु चाँडो थियो। हाम्रा लागि यतिबेला एकदिवसीय प्रतियोगिता नै सही हो र हामी त्यसैमा खुसी हुनुपर्छ।
महेश क्षेत्री, प्रदीप ऐरीलगायतको प्रदर्शन पनि राम्रो छ। केही खेलाडीले छिटफुट राम्रो प्रदर्शन गरेकाले उनीहरूलाई टिट्वेन्टी राष्ट्रिय प्रतियोगितामा पनि हेर्नुपर्छ।
डिभिजन च्याम्पियनसिपअन्तर्गत स्कटल्यान्डसँग हुने पहिलो खेलका लागि कुनै योजना छ कि?
हामी स्कटल्यान्ड जानुअघि बाहिर गएर एक/डेढ साताको तयारी गर्ने योजनामा छौं। सायद, बंगलादेश र श्रीलंकामध्ये एकदेशमा गएर तयारी गर्छौं होला।
आइसिसीले आफ्नो प्रावधान परिवर्तन गरेपछि नेपालले डिभिजन च्याम्पियनसिप खेल्ने अवसर पाएको छ। डिभिजन दुईमा शीर्ष दुईमा नपरेपछि नेपाली खेलाडीको मनस्थिति कस्तो देख्नुभएको थियो?
हुन त हरेक खेलाडीको सपना इन्टर कन्टिनेन्टल कप खेल्ने थियो। डिभिजन एकमा उक्लन नसकेपछि खेलाडी निराश पनि थिए। तर मेरो विचारमा हामी इन्टरकन्टिनेन्टल कप खेल्न तयार थिएनौं।
जुन देशमा दुईदेशीय वा तीनदेशीय घरेलु प्रतियोगिता हुँदैन, उसले यतिबेलै इन्टरकन्टिनेन्टल कप खेल्ने सपना बुन्नु चाँडो थियो।
हाम्रा लागि यतिबेला एकदिवसीय प्रतियोगिता नै सही हो र हामी त्यसैमा खुसी हुनुपर्छ। अहिले हरेक खेलाडीको मनोबल उच्च छ।
अन्तर्राष्ट्रिय प्रतियोगिताको हिसाबले हामी सही ठाउँमा छौं
(अन्नपूर्ण पोस्ट बाट सभार्)
0 Comments