घरेलु क्रीकेट खेल्ने क्रममा टोनी एबोट को बलले लागेर ज्यान गुमाएका अष्ट्रेलियन क्रिकेटर फिलिप ह्युजको सम्झनामा काठमाडौं कीर्तिपुरमा चैत २८ गते नेपाल र अष्ट्रेलियाका खेलाडी सम्मिलित संयुक्त टोलीले ६३ ओभर खेल्ने छन् । क्यानले ह्युजप्रति श्रदाञ्जलीका लागि प्रतियोगिता आयोजना गर्ने प्रस्ताव गरेपछि क्रिकेट अष्ट्रेलियाले त्यसलाई स्वीकार गर्दै नेपालमा खेलाडी पठाउन लागेको हो ।
खेलपछि ह्युजको जर्सी सगरमाथाको चुचुरोमा पुर्याउने कार्यक्रम समेत तय भएको छ । यो खेल हेर्न क्रिकेट अष्ट्रेलियाका वेली एडवार्ड नेपाल आउने पक्का भइसकेको क्यानले जनाएको छ । यस्तै अष्ट्रेलियाको १९ वर्ष मुनिको टोलीका पूर्व कप्तान तथा आइसिसीका ग्लोबल डिभिजन निर्देशक टिम एन्डरसन तथा न्यु साउथ वेल्सका खेलाडी रायन कार्टस पनि नेपाल आउने छन् । अन्य खेलाडीको टुंगो भने लागेको छैन । टिकेट http://cricket.fonepay.com/ बाट किन्न सकिन्छ । टिकेट को मुल्य १६३ तोकिएको छ ।
0 Comments