Breaking News

6/recent/ticker-posts

Header Ads Widget

डा. गोविन्द केसी महामारीग्रस्त जाजरकोट लागे


वैशाख, काठमाडौं । प्रा. डा. गोविन्द केसी फ्लूको महामारी फैलिएको जाजरकोटतर्फ लागेका छन् ।

केसी नेपालगञ्ज हुादै जाजरकोट लागेका हुन् । उनी आइतबार नै जाजरकोट जाने तयारीमा रहे पनि स्वास्थ्यमा समस्या भएपछि रोकिएका थिए ।

उनले औषधी भने पठाइसकेका छन् । हालै मात्र १२ दिन लामो अमरण अनसनमा बसेका कारण केसीको स्वास्थ्यमा सुधार भइसकेको छैन ।

चिकित्सकहरुले महामारीग्रस्त क्षेत्रमा नजान सुझाव दिएपछि केसी जाजरकोट गएका छन् ।

फ्लूको महामारी फैलिएको जाजरकोटमा २४ जनाको मृत्यु भइसकेको छ भने सयौं विरामी परेका छन् । विरामीहरुमा स्वाइन फ्लूको संक्रमण समेत देखिएको छ ।

Post a Comment

0 Comments