गलौदी युवा क्लब द्वारा गल्छी युवा क्लब पराजित
बैरेनी युवा द्वारा आयोजित प्रथम २०/२० क्रिकेट प्रतियोगिताको पाचौ दिन गलौदी युवा क्लब द्वारा गल्छी युवा क्लब ९ रनले पराजित भयो उक्त खेलमा गलौदी युवा क्लबले २० ओभरको समाप्तिमा अल आउट हुदै २१३ रनको तार्केट दिएको थियो तर गल्छी युवा क्लब ८ विकेटको नोक्सानीमा २०३ रन मात्र समेटेर खेलबाट बाहिरिएको छ । गल्छी युवा क्लबका कोच पेशल श्रेस्ठका अनुसार खेलको प्रदर्शन अत्यन्त उत्क्रिस्ठ भएता पनि खेलाडीहरुको आपासी समझदारी नहुनु नै हारको मुख्य कारण बताउछन् ।
दोस्रो खेल खेल्न बाँकी
बैरेनी ११ र भद्रकाली युवा क्लब मलेखु बिचको खेल केहि समय पछी खेलाइने कुरा आयोजक पंकज नेपाल बताउछन् । उक्त खेलमा मलेखुले अत्यन्त न्युन ओभरमा जित्नु आवश्यक छ । गणितीय आधारमा मात्र सम्भावना राखेको मलेखुलाई सेमिफाइनल यात्रा निकै कठिन छ ।
बैरेनी वारियर र गजुरी सेमिफाइनलमा
समूह १ मा रहेको ४ टिम मध्ये बैरेनी वारियर र गजुरी क्लब भने सेमिफाइनलको यात्रा तय गर्न सफल भैसकेको छ ।
0 Comments