Breaking News

6/recent/ticker-posts

Header Ads Widget

क्यानडाः Express Entry अब जव अफर बिनै, ४८१ स्कोर ल्याउने PR का लागि छानिए

टोरोन्टो । क्यानडा सरकारले गत जनवरी महिना देखि प्रारम्भ गरेको Express Entry प्रणालीको पाँचौं राउण्डमा गत मार्च २० तारिखका दिन कम्तीमा ४८१ स्कोर ल्याउने १,६२० जना आवेदकहरुलाई क्यानडामा स्थायी भिसा (Permanent Residence) आवेदन गर्नका लागि आमन्त्रण गरिएको छ । उक्त छनौटमा पर्नेहरु अधिकांश जव अफर (Job Offer) नभएका आवेदकहरु रहेको देखिएको छ ।
Express Entry अन्तर्गत बढीमा १,२०० स्कोर ल्याउन सकिने छ भने जस मध्ये ६०० स्कोर क्यानडाको कम्पनीबाट जब अफर भएको खण्डमा वा प्रान्तिय सरकारबाट छनौट भएमा पाउन सकिन्छ । बाँकी ६०० अंक भने अध्ययन, कामको अनुभव, उमेर, अंग्रेजी भाषाको ज्ञान, आदीबाट ल्याउन सकिने छ । यसको मतलब छनौटका लागि तोकिएको न्यूनतम ४८१ स्कोर प्राप्त गर्ने आवेदकहरुको जब अफर नभएको खुल्न आउँदछ ।
Draws From The Express Entry Pool 

Date when Invitations To Apply Were Issued Number of Invitations Issued Minimum CRS Points Required
First Express Entry Draw January 31, 2015 779 886
Second Express Entry Draw February 7, 2015 779 818
Third Express Entry Draw February 20, 2015 849 808
Fourth Express Entry Draw February 27, 2015 1,187 735
Fifth Express Entry Draw March 20, 2015 1,620 481
march20-express-entry
 (Graph source: canadavisa.com)
यस अगाडी सामान्यतयाः जव अफर भएकालाई मात्रै स्थायी भिसा आवेदन गर्न क्यानडा सरकारले आवेदन गरेकोमा यो पटक जव अफर नभएकालाई पनि आवेदन गरेको हो । क्यानडामा जव अफर पाउन सजिलो नभएकोले भविष्यमा पुनः यसै प्रकारका जव अफर नभएका आवेदकहरुले क्यानडाको स्थायी भिसा पाउने दरिलो अवसर भएको समाचारसूत्रले जनाएको छ ।
उक्त Express Entry प्राणालीमा कुनैपनि व्यवशायमा कम्तीमा एक बर्ष कामको अनुभव प्राप्त गरेका कुनैपनि उमेरका व्यक्तिहरुले आवेदन गर्न पाउनेछन् भने अध्ययनको हकमा कम्तीमा १२ कक्षा प्राप्त गरेका भएपनि हुन्छ । तर छनौटको अंक प्राप्त गर्नको लागि सामान्यतया कलेज वा यूनिभर्सिटीबाट अध्ययन गरेको, चार बर्षभन्दा बढीको कामको अनुभव भएको र ३५ बर्ष भन्दा कम उमेर भएमा अधिकतम अंक प्राप्त गर्न सकिनेछ ।
“मैले प्रारम्भ देखि नै यस Express Entry Program मा आवेदन गर्न नेपालीहरुलाई भन्दै आएको छु, तर धेरैले Job Offer नै चाहिन्छ भन्ने भ्रममा परेर बसे । अहिले आएर जव अफर नभएकाहरुले स्थायी भिसा आवेदन गर्न पाउने भए,” क्यानेडिएन अध्यागमन सल्लाहकार मिलन कार्कीले बताए ।
Canadian Consultant Milan Karki addressing Seminar in Kathmandu on May 16, 2013.
Canadian Consultant Milan Karki addressing Seminar in Kathmandu on May 16, 2013.
“जब अफर भन्दा पनि ३५ बर्ष मुनिको उमेर, अंग्रेजी भाषाको राम्रो दखल, कुनैपनि व्यवशायमा ४ बर्ष भन्दा बढीको अनुभव र व्याचलर वा सो भन्दा बढीको शैक्षिक योग्यता महत्वपूर्ण हो । त्यसखाले व्यक्तिहरुले समयमा नै Express Entry मा आवेदन गरेर Express Entry Pool मा आफ्नो नाम दर्ता गराइरहेमा छनौट हुने अधिकतम अवसर रहने छ,” कार्कीले बताए ।
गत जनवरी महिनामा पहिलो राउण्डको छनौटमा न्यूनतम् स्कोर ८८६ भएकालाई स्थायी भिसाका लागि आमन्त्रण गरिएकोमा उक्त स्कोर क्रमशः घटेर ४८१ भएको हो भने अर्को राउण्डको छनौटमा अझै घट्न सक्ने सम्भावना रहेकोले समयमा नै आवेदन गरी Express Entry Pool मा आफ्नो नाम दर्ता गराउनुपर्ने अध्यागमन सल्लाहकार कार्कीको सुझाव छ ।
जनवरी देखि लागू भएको Express Entry प्रणाली अन्तर्गत कुनैपनि व्यवशायका व्यक्तिहरुले Express Entry Pool मा आफ्नो नाम दर्ता गराउन सक्ने र यसरी Express Entry Pool मा दर्ता भएका व्यक्तिहरुको स्कोर अनुसार क्यानडा सरकारले विभिन्न राउण्डमा छनौट गरी क्यानडाको स्थायी भिसा (Permanent Residence) आवेदन गर्नका लागि आमन्त्रण गर्नेछ । यसरी आमन्त्रीत व्यक्तिहरुले ६० दिन भित्र क्यानडाको स्थायी भिसा आवेदन गरिसक्नु पर्नेछ भने तत्पश्चात ६ महिना भित्रमा सपरिवार क्यानडाको स्थायी भिसा लाग्ने देखिन्छ ।
नेपालीहरुको सपनाको मुलुक बन्दै आएको क्यानडामा हाल १५,०० भन्दा बढी नेपालीहरु स्थायीरुपले बसोवास गरिरहेको आँकडा छ ।

Post a Comment

0 Comments