Breaking News

6/recent/ticker-posts

Header Ads Widget

माथिल्लो तामाकोसी शेयर अनलाईनमार्फत आवेदन गर्न पाईने

माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा अनलाईनमार्फत शेयर आवेदन गर्न पाईने भएको छ। जिल्लाबासीका लागि छुट्ट्याइएको १० प्रतिशत शेयर आवेदन गर्दा अनलाईनमार्फत भर्न पाईने व्यवस्था गर्न लागिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए। दोलखाको २१ औं जिल्ला परिषदका क्रममा बोल्दै प्रवक्ता न्यौपानेले आगामी चैत्र १ गतेबाट जिल्लाबासीको लागि शेयर आवेदन खुल्ला हुने र जिल्लाका सबै गाविसमा शेयर संकलनका लागि अस्थायी संकलन केन्द्र स्थापना गरिने बताए। उनले भने ‘जिल्लामा रहेका सबै बैङ्कहरुमार्फत शेयर आवेदन गर्न पाईने व्यवस्था गरिएको छ। त्यसका लागि बैङ्कहरुमा फर्म आईसकेको छ।’ उनले विदेशमा रहेका दोलखालीहरुलाई लक्षित गरि अनलाईनबाट डाउनलोड गरि शेयर आवेदन फर्म बुझाउन सकिने बताए। ‘यहाँबाट स्क्यान गरि पठाएको फर्म भरेर पठाए पनि मान्य हुने व्यवस्था गरिएको छ।’ शेयर बाँडफाँड प्रकृया रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिट अदालतले खारेज गरिदिएपछि आयोजनाको शेयर संकलनको काम अगाडी बढेको छ। माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले निर्धारण गरेको शेयरमध्ये कर्मचारी सञ्चय कोषका लागि यसअघि नै शेयर आव्हान गरिसकिएको छ। जिल्लास्थित राजनैतिक दलहरुको संयन्त्रले प्रत्येक दोलखालीले समान ७ हजार रुपैंयाबराबरको ७० कित्ता शेयर आव्हान गर्न पाउने व्यवस्था गरेका छन्। दोलखा जिल्लाबासीले १ अर्ब ५ करोड ९० लाख रुपैंयाबराबरको शेयर खरिद गर्न पाउनेछन्।

Post a Comment

0 Comments