Breaking News

6/recent/ticker-posts

Header Ads Widget

२०१५ विश्वकप क्रिकेट मा कसले कति रकम पुरस्कार पाए?

अष्ट्रेलिया र न्यूजिल्याण्डमा आइतबार सम्पन्न विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले हात पारेको छ। करिब डेढ महिना लामो समयसम्म विश्वकपको उपाधि पाँचौ पटक अष्ट्रेलियाले जित्यो। यो विश्वकपमा अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसिसी)ले १ करोड २ लाख २५ हजार अमेरिकी डलर पुरस्कार वितरण गर्‍यो। अघिल्लो विश्वकपको तुलनामा २० प्रतिशतले पुरस्कार रकम बृद्धि गरेको आइसिसीले यस विश्वकपमा कुन टोलिलाई कति दियो। अष्ट्रेलिया : ४१ लाख ७७ हजार डलर उपाधि वितेता टोली अष्ट्रेलियाले जितसँगै कुल ४१ लाख ७७ हजार डलर पुरस्कार प्राप्त गरेको छ । उपाधि जितेकोमा ३९ लाख ७५ हजार अमेरिकी डलर तथा समूह चरणमा चार खेल जितेकोमा प्रति जित ४५ हजार अमेरिकी डलर पाएको हो। यस्तै १ खेलमा बरावरी खेलेको अष्ट्रेलियाले बराबरीका २२ हजार ५ सय डलर पनि पायो। जित र बराबरीबाट मात्र उसले २ लाख २ हजार पाँच सय डलर पायो। न्युजिल्याण्ड : २० लाख ७५ हजार डलर पहिलो पटक विश्वकपमा पुगेर उपविजेतामा चित्त बुझाएको न्युजिल्याण्डले २० लाख ७५ हजार डलर हात पारेको छ। उपविजेता बापतको १७ लाख ७५ हजार र समूह चरणमा जितेका ६ खेलको प्रतिखेल ४५ हजार डलरका दरले २ लाख ७० हजार डलरसहित न्यूजिल्याण्डले कुल २० लाख ७५ हजार डलर पाएको हो। भारत : ८ लाख ९० हजार डलर डिफेन्डिङ च्याम्पियन भारत यो पटक सेमिफाइनलमा अष्ट्रेलियासँग पराजित हुँदै बाहिरिएको थियो। सेमिफाइनलसम्म पुगेको भारतले यसपटक कुल ८ लाख ९० हजार डलर पुरस्कार पायो। सेमिफाइनलमा बाहिरिएको टोलीले पाउने ६ लाख डलर र समूह चरणमा जितेका ६ खेलको प्रति खेल ४५ हजार डललरका दरले २ लाख ७० हजार डलरसहित उक्त रकम पाएको हो। दक्षिण अफ्रिका : ७ लाख ८० हजार डलर यस्तै सेमिफाइनलमा आयोजक न्यूजिल्याण्डसँग पराजित दक्षिण अफ्रिकाले कुल ७ लाख ८० हजार डलर प्राप्त गरेको छ । दक्षिण अफ्रिकाले सेमिफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ६ लाख र समूह चरणमा ४ खेलबाट ४५ हजारका दरले १ लाख ९० हजार डलल पुरस्कार पाएको हो। श्रीलंका : ४ लाख ९० हजार डलर विश्वकपको क्वाटरफाइनलसम्मको यात्रा तय गरेको श्रीलंकाले कुल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर र समूह चरणमा ४ खेलबाट जित हात पारेको उसले प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो । पाकिस्तान : ४ लाख ९० हजार डलर विश्वकपको क्वाटरफाइनलबाटै बाहिरिएको पाकिस्तानले पनि कुल ४ लाख ९० हजार डलर प्राप्त गरेको छ । पाकिस्तानले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ४ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो। बंगलादेश : ४ लाख ५७ हजार ५ सय डलर पहिलो पटक विश्वकपको दोस्रो चरणमा पुगेको बंगलादेश क्वाटरफाइनलबाटै बाहिरिए पनि कुल ४ लाख ५७ हजार ५ सय डलर प्राप्त गरेको छ। बंगलादेशले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार र बराबरी खेलेको एक खेल बापत २२ हजार ५ सय डलरका दरले १ लाख ९० हजार डलर प्राप्त गरेको हो। वेस्ट इण्डिज : ४ लाख ३५ हजार डलर क्वाटरफाइनल सम्म खेलेको वेस्ट इण्डिजले कुल ४ लाख ३५ हजार डलर पुरस्कार पाएको छ। वेष्ट इण्डिजले क्वाटरफाइनलबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३ लाख डलर समूह चरणमा जित हात पारेका ३ खेलका लागि प्रति खेल ४५ हजार डलरका दरले १ लाख ३५ हजार डलर प्राप्त गरेको हो। आयरल्याण्ड : १ लाख ७० हजार डलर समूह चरणमा उत्कृष्ट प्रदर्शन गरेपनि रन रेटका आधारमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको एशोसिएट राष्ट्र आयरल्याण्डले कुल १ लाख ७० हजार डलर पुरस्कार पाएको छ। समूह चरणमा जित हात पारेका ३ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो। इंग्ल्याण्ड : १ लाख २५ हजार डलर समूह चरणबाटै बाहिरिएको इंग्ल्याण्डले यो विश्वकपमा १ लाख २५ हजार डलर पुरस्कार पाएको छ। इंग्ल्याण्डले समूह चरणमा जित हात पारेका २ खेलमा प्रति खेल ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो। जिम्बाबे : ८० हजार डलर समूह चरबाटै बाहिरिएको दोस्रो टेष्ट खेल्ने राष्ट्र जिम्बावेले कुल ८० हजार डलर प्राप्त गरेको छ। जिम्बावेले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलरसहित ८० हजार पाएको हो। अफगानिस्तान : ८० हजार डलर पहिलो पटक विश्वकप खेलेको अफगानिस्तान समूह चरणबाट बाहिरिएको थियो। एशोसिएट राष्ट्र अफगानिस्तानले कुल ८० हजार डलर पुरस्कार प्राप्त गरेको छ। अफगानिस्तानले समूह चरणमा जित हात पारेको १ खेलमा ४५ हजार डलर र समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलरसहित ८० हजार डलर पाएको हो। युएई : ३५ हजार डलर समूह चरणका सवै खेल हारेको राष्ट्र युएईले कुल ३५ हजार डलर प्राप्त गरेको छ। युएईले समूह चरणबाट बाहिरिने टोलीले पाउने ३५ हजार डलर पाएको हो। स्कटल्याण्ड : ३५ हजार डलर समूह चरणबाट बाहिरिने दोस्रो टोली स्कटल्याण्डले पनि कुल ३५ हजार डलर पाएको छ। स्कटल्याण्डले समूह चरणबाट बाहिरिने टोलीले प्राप्त गर्ने ३५ हजार डलर प्राप्त गरेको हो।

Post a Comment

0 Comments