डा. केसीको समर्थनमा !
सभासदको लगानी ठुलो कि जनताको स्वास्थ ??
सादा जीवन बाँच्ने उनको व्यक्तिगत खर्च भन्नु केही छैन। उनी शाकाहारी हुन्, त्यसमाथि एकदमै अल्पहारी। उनको न काठमाडौंमा घर छ, न मोटर, न त मोटरसाइकल। बिहेबारी गरेका छैनन्। टिचिङ अस्पतालको ‘डक्टर्स क्वार्टर' मै बस्छन्। उनले चाहेका भए काठमाडौंका कुनै पनि महँगा निजी अस्पतालमा उच्च तलबको जागिर पाउन सक्थे।
आइओएम र टिचिङप्रति कतिसम्म इमानदार छन् भने उनले बाहिरका अस्पताल र क्लिनिकमा कहिल्यै काम गरेनन्। उनको क्लिनिक भन्नु नै बिरामीको घर हो। स्वास्थ्य भ्रमणका क्रममा उकालोओरालो हिँड्दा जहाँ बिरामी भेट्छन्, त्यहीँ उनको क्लिनिक सुरु हुन्छ। उनले गोठमा उपचार गरेका छन्, भान्सामा उपचार गरेका छन्। कति बिरामीलाई त यात्रा क्रममा चौतारोमुनि नै उपचार गरेका छन्।
‘निजी अस्पतालमा गएँ भने टिचिङमा आउने गरिब बिरामीलाई पर्याप्त समय दिन पाउँदिन,' उनी भन्छन्, ‘बेलाबेला गाउँ डुल्ने फुर्सत पनि हुन्न। म अहिले जस्तो छु, त्यसैमा सन्तुष्ट छु। डाक्टरका रूपमा आफ्नो जिम्मेवारी पूरा गर्न सजिलो भइरहेको छ।'
यस्तो भन्ने डाक्टर मैले देखेकै छैन ।
'हुनेखाने धनीहरूले त उपचार गर्न जो पनि डाक्टर पाउँछन्, तर निमुखा गरिबको निःशुल्क उपचार गर्ने डाक्टर कम छन्,' उनको भनाइ छ, 'म त्यस्तै बिरामीको डाक्टर बन्न चाहन्छु ।'
--पुरुषोत्तम दाहाल,हेटौंडा
0 Comments