काठमाडौं, चैत १० – विश्वकपको पहिलो सेमिफाईलनमा न्युजिल्याण्डविरुद्ध दक्षिण अफ्रिकाले जितका लागि २ सय ९८ रनको लक्ष्य दिएको छ । वर्षाले प्रभावित खेलमा न्युजिल्याण्डले जितका लागि डक वर्थ लुईस नियम अनुसार ४३ ओभरमा २ सय ९८ रन बनाउनु पर्ने भएको छ ।
न्यूजिल्याण्डको अकल्याण्डमा टस जितेर पहिले ब्याटिङ् गरेको दक्षिण अफ्रिकाले ४३ ओभरमा ५ विकेट गुमाउँदै २ सय ८१ रन बनाएको हो । ओपनरद्वय हसिम अम्ला र क्विन्टन डि ककलाई सस्तैमा गुमाएको अफ्रिकन टोलीलाई चौथो विकेटका लाग कप्तान एबी डिभिलियर्स र फाप डु फ्लेसिसले ७१ बलमा १ सय ३ रनको साझेदारी गर्दै उच्च योगफल तयार पारेका थिए । फ्लेसिस ८२ र कप्तान डिभिलियर्सले ४५ बलमा अविजित ६२ रन बनाए । त्यस्तै विस्फोटक ब्याटिङ गरेका डेविड मिलरले १८ बलमा ४९ रनको योगदान गरे । यस्तै रिले रुसोले ३९, क्विन्टन डि कक १४, हसिम अम्लाले १० र जेपी डुमिनीले अविजित ४ रन बनाए । न्यूजिल्याण्डका लागि ट्रेण्ट वोल्टले २ र कोरे एण्डरसनले ३ विकेट लिए ।
0 Comments