Breaking News

6/recent/ticker-posts

Header Ads Widget

नयाँ वर्षमा खाना र आवासमा छुट

चिनियाँ र भारतीय सांस्कृतिक कार्यक्रमसहित पोखरेली पर्यटन व्यवसायीले चैतको अन्तिम साता १२औँ फेवा नव वर्ष महोत्सव गर्ने भएका छन् । आन्तरिक पर्यटकलाई लक्ष्यित गरी यही चैत २८ देखि वैशाख २ गतेसम्म फेवाताल किनारमा महोत्सवमा चल्नेछ । महोत्सवमा करिब एक लाख सहभागी हुने आयोजक पश्चिमाञ्चल होटल सङ्घले आज राजधानीमा आयोजित पत्रकारसम्मेलनमा जानकारी दिएको छ । सङ्घका अध्यक्ष भरतराज पराजुलीका अनुसार महोत्सवबाट बचेको रकम पर्यटकीय नगरी पोखराको फेवाताल संरक्षणमा लगाइने छ । महोत्सव अवधिभर खानामा १० र आवासमा १५ प्रतिशत छुट दिइने उनले बताए । “नयाँ वर्ष मनाउन चाहने आन्तरिक पर्यटकलाई लक्ष्यित गरी खाना, संस्कृति र रोचक कार्यक्रमसहित महोत्सव गर्न लागिएको हो, यसपटक चिनियाँ र भारतीय सांस्कृतिक कार्यक्रम समेत प्रस्तुतु हुनेछ” अध्यक्ष पराजुलीले भने । महोत्सवमा ४० व्यापारिक स्टलसहित कृषि र स्थानीय परिकार तथा उत्पादनका प्रदर्शनी कक्ष रहनेछन् । पोखरा र आसपासका क्षेत्रहरुमा आन्तरिक पर्यटकको आगमनामा वृद्वि गर्न सङ्घले ‘यो पटक जाऊँ है पोखरा’ अभियान थालेको छ । सङ्घले प्रचारात्मक कार्यक्रम राजधानीका अलावा दोलखा, जनकपुर र वीरगन्जमा गर्ने भएको छ । नेपाल आउने पर्यटकमध्ये तीन लाख विदेशी पर्यटक पोखरा पुग्ने र त्यति नै सङ्ख्यामा स्वदेशी पर्यटक पुग्ने होटल बाराहीका सञ्चालक एवम् सङ्घका सल्लाहकार विप्लव पौडेलले बताए । आन्तरिक पर्यटकका लागि ‘जाऊँ है पोखरा’, भारतीय पर्यटकका लागि ‘चलिए पोखरा’ तथा विदेशी पर्यटकका लागि ‘प्योर एन्ड पर्फेक्ट पोखरा’सहित पर्यटन प्रवद्र्वनका कार्यक्रम पोखरामा गरिँदै आएको छ । सङ्घले पर्यटन प्रवद्र्वनका लागि नव वर्ष, खाना, भाइटीका, दाइ, चङ्गा चेट जस्ता महोत्सव गर्दै आएको छ । रासस

Post a Comment

0 Comments