भारतीय क्रिकेटर सचिन तेन्दुलकरले अन्तिम तथा २०० औं टेष्टमा लगाएको जर्सी ६ लाख भारुमा विक्री भएको छ ।
उनले सन् ३०१३ को नोभेम्बरमा वेस्ट इन्डिजबिरुद्धको टेस्टमा लगाएको जर्सी ६ लाख भारतिय रुपैयामा बिक्री भएको हो ।
२०१३ को नोभेम्बरमा मुम्बईमा भएको वेस्ट इन्डिजबिरुद्धको टेस्ट उनको करिअरकै २०० औं तथा अन्तिम टेस्ट थियो ।
जोधपुरको उम्मिद भवनमा गरेको लिलामीका क्रममा जोधपुरका राजा गज सिंहका छोरा शिवराज सिंहले सचिनको जर्सी ६ लाखमा बिक्री भएको टाइम्स अफ इण्डियाले जनाएको छ ।
सचिनको जर्सीसहितको यो लिलामीबाट ८० लाख रुपैयाँ संकलन भएको छ । यो सबै रकम टाउकोको चोटबाट पीडित मानिसको उपचारका लागि खर्च गरिने छ ।
सचिनको करिअरको अन्तिम टेस्टमा भारत वेस्ट इन्डिजबिरुद्ध १२६ रनले बिजयी भएको थियो, जुन खेलमा उनले ७४ रन बनाएका थिए ।
0 Comments