चैत्र ७ - खेलमै जीवन बिताउनेहरूका लागि यो खुसीको खबर हुन सक्छ, खेलाडी पनि धनाढ्य बन्दा रहेछन्। फोब्र्सको रिपोर्टले त्यस्तै देखाएको छ। उसले सार्वजनिक गरेको सूचीमा संयुक्त राज्य अमेरिकाका ५२ वषर्ीय बास्केटबल खेलाडी माइकल जोर्डन पनि पर्न सफल भएका छन्। विश्वकै धनाढ्य सूचीमा उनी १७४१ औं स्थानमा सूचीकृत भएका हुन्। उनी उत्तर अमेरिकी समर्थक पहिलो खेलाडी हुन्, जो फोब्र्सको धनाढ्य अर्थात अर्बपतिको सूचीमा परे। लामो समय सिकागो बुल एनबीए गरेका उनी चारलोटे हर्नेटका मालिक पनि हुन्। सन् २००३ मा खेल क्यारियर छाडेका जोर्डनले २०१० मा लगभग २७५ करोड अमेरिकी डलरको एक मूल्यांकनमा च्यारलोट्टे बोब्क्याट्समा ८० प्रतिशतको हिस्सेदारी लिन सफल भएका थिए। हाल उनको सम्पत्ति १ अर्ब पुगेको छ। फ्लोरिडाको जुपिटरमा जन्मेका उनका छ सन्तान छन्। उनले कमाएको धनको स्रोत स्पोर्ट टिम, स्व-मेड हो। खेलमा औधी रुचि भए पनि जोर्डनले च्यापल हिलस्थित नर्थ क्यारोलिना विश्वविद्यालयबाट कला/ विज्ञानमा स्नातकसम्मको शिक्षा हासिल गर्न भ्याए। उनी अर्बपति मात्रै होइनन्, बास्केटबलकै सबैभन्दा चर्चित र लोकपि्रय खेलाडीमा समेत दरिएका व्यक्ति हुन्। उनी चारलोट्टे बबक्याट्समा बहुमत हिस्सेदार हुँदाको वर्ष एक एनबीए मालिक हुने आफ्नो सपना पूरा गर्न सफल भए। ग्याटोराडे, ह्यान्स र माथिल्लो डेकसँग उनको अझै पनि सम्झौता छ। त्यस्तै ब्रान्ड जोर्डन नाइकेको १ अर्ब (बिक्री) व्यापार पनि छ। यो वर्ष फोब्र्सको अर्बपति सूचीमा विश्वका २ सय ९० जना नयाँ धनाढ्य सूचीकृत भए, त्यसमा जोर्डन पनि पर्न सफल हुनु खेलाडी जगतमा उत्प्रेरणा जगाउने खालको छ।
गत वर्ष युद्ध, रोगलगायतका समस्या शीर्षस्थानमा रहेर अस्थिरताको सामना गरेको अन्तर्राष्ट्रिय जगतमा नव धनाढ्यहरूको सूचीमा पर्न लर्को लाग्नेहरू कायमै रहे। यो वर्ष पहिलो पटक चीनका झन्डै २५ प्रतिशत अर्बपति परेका छन्, चीनका ७१ जना नयाँ अर्बपतिको सूचीमा परेका छन्। त्यस्तै अमेरिकामा जोर्डनसहित ५७ जनाका साथ दोस्रो, भारत २८ सहित तेस्रो र जर्मनी २३ सहित चौथो स्थानमा परेको छ, नव धनाढ्यहरूको सूचीमा। अमेरिकी नव धनाढ्य सूचीमा पर्ने जोर्डन सधै सबैभन्दा राम्रो खेलाडीको परिचय दिन सफल भए, उनी बेस्ट-पेड खेलाडीमा सधै विवादरहित पनि रहे। फोब्र्सले पहिलो पटक जोर्डनलाई गत जुनमा अर्बपतिको सूचीमा राखेको थियो। उनले पाउने रकममा नाइकेबाट बढी प्राप्त गरेका थिए, जुन एउटा आइकोनिक ब्रान्ड नै हो। जोर्डन ब्रान्ड सन् २०१३ मा झन्डै २ दशमलव २५ अर्ब अमेरिकी डलरको बिक्री भएकामा उनले झन्डै ९ मिलियन अमेरिकी डलर पाएका थिए। उनको आम्दानीको सबैभन्दा मूल्यवान स्रोत चारलोट्टे होर्नेट्स नै रहयो, जहाँबाट ५० करोड अमेरिकी डलर उनले हात पार्न सफल भए।
एकताका 'टेलिग्राफ' अखबारका लेखक साइमन ह्युजले माइकल जोर्डनलाई २० औं शताब्दीका महान् खेलाडीको संज्ञा दिएका थिए। उनले लेखेका छन्, 'जोर्डनले एनबीए सिकागो बुल्सका लागि अन्तिम क्षणमा म्याच जित्दा विरोधीहरू असहाय भएर टुलुटुलु हेर्न बाध्य भएका थिए।' जोर्डनले आफ्ना विरोधी टिमलाई पटक-पटक पराजय गराउँदा उनका समर्थकहरू खुसीले नाच्ने गरेका थिए।
जोर्डनको चर्चा यतिमा मात्रै सीमित छैन। उनी महँगा सम्बन्ध विच्छेद गर्ने सूचीमा पनि पर्छन्। सन् २००७ मा सम्बन्ध विच्छेद गर्दा जोर्डनले १ सय ६८ मिलियन डलर पूर्वपत्नीलाई बुझाएका थिए। एक पटक उनी स्कुलको बास्केटबल टिमबाट निकालिएका थिए, त्यस बेला उनी १० कक्षाका विद्यार्थी थिए। तर उनले हरेश कहिले खाएनन्, आफ्नो लोकपि्रयता बास्केटबलबाटै हासिल गरे।
0 Comments