१० चैत, काठमाडौ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले आगामी चैत १८ गर्ने भनेको नेपाल बन्द फिर्ता लिएको छ । पक्राउ परेका आफ्ना नेता कार्यकर्ताहरुलाई छाडिएपछि बन्द फिर्ता लिएको हो ।
नेकपा माओवादीका महासचिव चन्दले मंगलवार विज्ञप्ति जारी गर्दै आफ्ना कार्यकर्ताहरु रिहा भएकाले बन्द फिर्ता लिएको जनाएका छन् ।
लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत राधेस पन्तको निवासमा कालोझण्डा गाड्ने क्रममा प्रहरीले नेकपा माओवादीका पोलिटब्युरो सदस्य ईश्वरी दाहाल, पूर्व राज्यमन्त्री पदम राई लगायत १७ जनालाई पक्राउ गरेको थियो । चैत ६ गते पक्राउ परेका उनीहरुलाई पाँच दिनपछि प्रहरीले छाडिदिएको हो ।
लगानी बोर्डका प्रमुख पन्तले अपर कर्णाली, माथिल्लो मस्र्याङ्गदी, अरुण तेस्रो लगायतका विद्युत परियोजना निर्माण, उत्पादन र उत्पादित विलुजी बिक्रीको जिम्मा भारतीय नीजि कम्पनी जीएमआरलाई दिनकालागि आवश्यक पर्ने सम्पूर्ण प्राविधिक, योजनागत परियोजनाको तयारी गरेको विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
सबै पार्टी भित्रका देशभक्त, नागरिक समाज, जलस्रोतविद्हरुले परियोजना विकास सम्झौता र उत्पादित विजुली बिक्री सम्झौताको विरोध गर्दागर्दै पनि हस्ताक्षर भएको विल्लवको आरोप छ ।
0 Comments