पेरिस-फ्रान्सको दक्षिणी एल्प्स पर्वत नजिक एयरबस ए३२० विमान दुर्घटनाग्रस्त भएको छ। एक स्थानीय अखवारका अनुसार विमानमा १४२ यात्रु र चालक दलका ६ सदस्य रहेका थिए। यो विमान जर्मनको एयरलाइन्स लुफ्थान्साको बजेट एयरलाइन सेवा जर्मनविग्सको थियो।
एयरबस र जर्मनविग्सले विमान दुर्घटनाको रिपोर्ट आएको बताएका छन्। सो विमानले बार्सिलोना र डसेलडोर्फको यात्रा गरिरहेको थियो।फ्रान्सका प्रधानमन्त्री मेनुअल भेल्सले विमानमा १ सय ४८ जना दुर्घटनामा परेको पुष्ट्री गरेका छन्। उनले विमानमा सबैको मृत्यु भएको हुन सक्ने सिएनएनलाई बताएका छन्। दुर्घटनास्थल दुर्गम भएकोले त्यहाँ पुग्न कठिन भएको भेल्सले बताएका छन्। दुर्घटनाको थप विवरण आउन बाँकी छ
0 Comments