मुम्बई । अभिनेत्री रानी मुखर्जी शनिवारदेखी ३६ वर्ष पूरा भएकी छिन् । सन १९७८ मार्च २१ मा जन्मेकी रानी आवाजको कारण चर्चित छिन् ‘एक्सट्रा भ्वाईस भएकी रानीको आवाजलाई धेरैले ‘सेक्सी भ्वाईस’ मान्ने गरेका छन् ।
हिन्दी फिल्म ‘राजा की आएगी वारात’ वाट फिचर फिल्ममा अभिनय सुरु गरेकी रानी अर्की नायिका कोजोलकी नातेदार हुन् ।
उनले शाहरुख खान र काजोलसँगै अभिनय गरेको ‘कुछ कुछ होता है’ वाट अत्याधिक चर्चा पाएकी थिईन् । चलते चलते, साथिया, ब्ल्याक उनले अभिनय गरेका मध्ये चर्चामा आएका फिल्म हुन् ।
यसराज फिल्मस मालिक आदित्य चोपडासँग बैबाहिक सम्बन्ध कायम गरेपछि उनी फिल्ममा कमै देखिएकी छिन् । उनले मुख्य भुमिका निर्वाह गरेको ‘मर्दानी’वाट नेशनल अवार्ड पाएकी थिईन् । उनको जन्म उत्सवको अवसरमा ३६ वटा केक काटिएको थियो ।
यस्ता छन् रानीको ५ गोप्य रहस्य
हिन्दी फिल्म ‘राजाकी आएगी बारात’मा अभिनय गर्नुअघि उनले सन् १९९६ मा आफ्नै बुबाको निर्देशन रहेको बंगाली फिल्म ‘बियर फुल’ मा सहायक भुमिकामा अभिनय गरेकी थिईन् ।
सन् १९९४ मा सलिम खानले ‘आ गले लग जा’ मा रानीलाई अभिनयको प्रस्ताब राखेका थिए । जति वेला उनी भर्खर १६ वर्ष लागेकी थिईन् । उनले काम गरिनन् । कारण, उनका बुबा छोरीले चलचित्रमा पुरै समय नदेओस् भन्ने चाहन्थे ।
‘कुछ कुछ होता है’ मा टिनाको भुमिका निर्वाह गरेकी रानीले राम्रै सफलता पाईन तर, निर्देशक करण जौहरले उक्त भुमिकामा पहिलो प्रस्ताब रानीलाई राखेका थिएनन् । सुरुमा टिनाको भुमिकामा ट्वीङकल खन्नालाई अभिनय गराउने योजना थियो ।
पहिलो फिल्म ‘गुलाम’को डबिङ गर्दा केही समस्या भोगेकी रानीले अर्को फिल्म ‘कुछ कुछ होता है’ मा केही सुधार गरेकी थिईन् ।
उनले हलिउडको कुनै फिचर फिल्ममा काम नगरे पनि केही बृत्तचित्रमा काम गरेकी छिन् ।
0 Comments