यस वर्षको पद्मोदय माध्यमिक विद्यालय रामशाहपथले दिने पुरस्कार नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालालाई प्रदान गरिएको छ ।
पद्मोदय पूर्वविद्यार्थी सङ्घले शनिबार आयोजना गरेको कार्यक्रममा पूर्वप्रधानन्यायाधीश केदारनाथ गिरीले
कोइरालालार्इ पुरस्कार प्रदान गरेका छन् ।
ऐतिहासिक महत्व बोकेको पद्मोदयमा पढ्ने विद्यार्थीले विकास र राजनीतिमा ठूलो योगदान पुर्याएको गिरीले बताए ।
पुरस्कार ग्रहण गर्दै कांग्रेसका नेता डा. कोइरालाले शिक्षा सामाजिक जागरणको प्रतीक रहेको बताए ।
कार्यक्रममा पद्मोदय मावि अध्ययनअध्यापन गरेका र प्रशासनिक क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएका व्यक्तिलाई सम्मान गरिएको थियो ।
अच्युतमणि आचार्य प्रज्ञा पुरस्कार सुदीप
घिमिरे, रामलाल श्रेष्ठ प्रज्ञा पुरस्कार कृष्मा तिमल्सिना,रुक्मिणी
प्रज्ञा पुरस्कार सुकदेवी लामा, पूर्णानन्द प्रज्ञा पुरस्कार केदारप्रसाद
उप्रेती र भुवननाम प्रज्ञा पुरस्कार सुदीप घिमिरेलाई प्रदान गरिएको थियो ।
रासस
0 Comments