न्यूजिल्याण्डका ब्याट्सम्यान मार्टिन गुप्टिलले विश्वकप क्रिकेटमा दोहोरो शतकसँगै एकै इनिङमा सर्वाधिक रनको कीर्तिमान बनाएका छन् ।
शनिबार क्वार्टरफाइनलमा वेष्टइण्डिजविरुद्ध ओपनर गुप्टिलले १५२ बलमा २१ चौका र ८ छक्काको मदतमा २०० रन पुरा गरेका हुन् । यससँगै उनी विश्वकपमा दोहोरो शतक बनाउने दोस्रो क्रिकेटर बनेका छन् । वन क्रिकेटमा भने दोहोरो शतक बनाउने उनी पाँचौं ब्याट्सम्यान बनेका छन् ।
४७.१ ओभरमा चौका हान्दै २०३ रन बनाएका उनले छक्का र चौका हाने । ओभरको चौथो बलमा रन लिन नसकेका उनले पाँचौं बलमा चौका हान्दै क्रिस गेलको २१५ रनको रेकर्ड तोडेका छन् ।
उनी २३७ रनमा अविजित रहे । यो विश्वकपमा एकै इनिङमा कुनै पनि ब्याट्सम्यानले बनाएको सर्वाधिक रन हो । १६३ बलको सामना गरेका उनले २४ चौका र ११ छक्का हानेका छन् ।
यसअघि क्रिस गेलले २१५ रन बनाएर विश्वकपमा दोहोरो शंतक बनाउने पहिलो क्रिकेटर बनेका थिए ।
३९४ रनकाे लक्ष्य
गुप्टिलको उत्कृष्ट प्रर्दशनको मदतमा न्यूजिल्याण्डले वेष्टइण्डिजसामू ३९४ रनको लक्ष्य प्रस्तुत गरेको छ । पहिले ब्याटिङ गरेको न्यूजिल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९३ रन बनाएको छ ।
0 Comments