Breaking News

6/recent/ticker-posts

Header Ads Widget

युवा संघको दुबै भेला रोक्न एमाले युवाफाँट प्रमुखको निर्देशन

६ चैत, काठमाडौं । नेकपा एमाले युवाफाँट प्रमुख शेरबहादुर तामाङले युवा संघ नेपालको दुबै पक्षको भेला स्थगित गर्न निर्देशन दिएका छन् । CPN_UML_officeएमाले युवाफाँट प्रमुख शेरबहादुर तामाङले शुक्रबार पार्टी युवा संघको संस्थापन र असन्तुष्ट दुबै पक्षको भेला रोक्न निर्देशन दिएका हुन् । ‘अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरुसँगको परामर्शमा नै मैले यो निर्देशन दिएको हुँ’ तामाङले अनलाइनखबरसँग भने ।

उनले तीनबुँदे निर्देशन जारी गरेका छन् । युवा संघको आयोजनामा भोलि ७ गते हेटौंडामा गर्ने भनिएको जनसभा स्थानीय कमिटीको आयोजन गर्न भनिएको छ । साथै हेटौंडामा ७ र ८ गते हुने तय भएको युवा परिषद् र केन्द्रीय कमिटीको बैठक स्थगित गर्न निर्देशन दिएको युवाफाँट प्रमुख तामाङले जानकारी दिए । यस्तै असन्तुष्ट पक्षले काठमाडौंमा गर्ने भनिएको भेला पनि स्थगित गर्न भनिएको छ । तामाङले युवा संघमा देखा परको समस्या र अन्तरविरोध समाधान गर्न प्रभावकारी कमद चल्न स्थायी कमिटीलाई अनुरोध समेत गरेका छन् ।

Post a Comment

0 Comments