जनकपुरधाम । विद्यालय व्यवस्थापन समितिको चुनावलाई लिएर भएको
विवादमा धनुषामा दुई जनाको मृत्यु भएको छ । सबैला नगरपालिका एकमा रहेको मदन
आश्रति निमाविको व्यवस्थापन समिति चयन गर्न आइतबार उम्मेद्वारी दर्ताको
समय तोकिएको थियो । उम्मेद्वारीका लागि २५ हजार रुपैयाँको धरौटी रकम
तोकिएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्षमा नेपाली कांग्रेस, एमाओवादीसहितका दलहरु एकातिर छन् भने एमाले विपक्षी बनेको छ ।
उम्मेद्वारी दर्ताको अघिल्लो रात संयुक्त
भेला भइरहेको स्थानमा एमाले कार्यकर्ताले आक्रमण गरेको नेकपा (माओवादी)का
संयोजक मात्रिका यादवले आरोप लगाए । उनका अनुसार आक्रमणमा परी गम्भीर घाइते
भएका ४५ वर्षका रामसेवक राउतको उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा
बाटैमा मृत्यु भएको छ ।
प्रहरीका अनुसार दुईपक्षबीच राति पनि झडप
भएको थियो । स्थानीयले गोली चलेको समेत बताएका छन् । घटनामा ४२ वर्षका
रामप्रकाश यादवको मृत्यु भएको छ ।
अर्का एक गम्भीर घाइते भएका छन् । उनको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
0 Comments