नेपाल क्रिकेट संघ क्यानले ह्युजको जर्सी तथा ब्याट सगरमाथाको चुचुरोमा पुर्याउन बजेटको व्यवस्थापन गर्न खेल हेर्नका लागि १ सय ६३ रुपैयाँको टिकट काट्नुपर्ने ब्यवस्था गरिएको जनाएको छ ।
चैत २८ गते कीर्तिपुरमा हुने खेलको टिकट क्यानको मुलपानीमा रहेको क्यानको कार्यालय, कीर्तिपुरको क्रिकेट मैदान र इसेवामार्फत बुधबारदेखि २५ गतेसम्म खरिद गर्न पाइनेछ । खेल हेर्न क्रिकेट अस्ट्रेलियाका अध्यक्ष विली इडवार्डस् आउने र त्यही दिन ह्युजको जर्सी र ब्याट हस्तान्तरण गर्ने कार्यक्रम रहेको क्यानले जनाएको छ ।
0 Comments