एक महिनाअघि वसन्तपुरमा दुई किशोरीमाथि एसिड आक्रमण गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। लामो अनुसान्धापछि विकलाई विहीबार राति काठमाडौंबाटै पक्राउ गरिएको महानगरीय अपराध महाशाखा हनुमानढोकाका प्रमुख एसपी पुष्कर कार्कीले जानकारी दिए। विक एसिड आक्रमणमा परेकी संगीता मगर बस्ने घरमै डेरा गरी बस्ने युवक हुन्। संगीताले प्रहरीलाई दिएको बयानमा पनि आफ्नै घरमा बस्ने दाइले आफूलाई बेला बेला जिस्काउने गरेको बताएकी थिइन्। संगीताको आमाका अनुसार त्यही विषयलाई लिएर उनले जीवनको घरमा समेत भन्ने गरेकी थिइन्। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट संगीता पुलामी मगरसँगको प्रेमसम्बन्धका कारण २२ वर्षीय जीवन बिकले
सो घटना घटाएको खुलेको छ। पक्राउ परेका युवालाई महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आजै ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी गरेको छ। गत फागनु १० गते काठमाडौको वसन्तपुरस्थित एउटा ट्युसन सेन्टरभित्रै ती व्यक्तिले प्रहार गरेको एसिड आक्रमणबाट संगिता मगर र सीमा बस्नेत घाइते भएका थिए। घाइते दुबैको अहिले अपचार भैरहेको छ। केएमसी अस्पतालमा उपचाररत संगीताको अवस्था केही गम्भीर छ।
0 Comments