राजधानीबाट बिहीबार प्रकाशित आर्थिक क्षेत्रका दैनिक पत्रिकाहरुले ब्यापार सहजीकरणमा विश्व बैंकको १० अर्ब, बैंकिङ हृयाकर आतंकबादीका सदस्य, कोरिया कामदारमा ठगी, जीएमआरले माग्यो थप समय लगायतका प्रमुख खबर छापेका छन् ।
कारोबार दैनिकमा अवैध सुन, हुण्डी र कम भन्सार मूल्यांकनको चपेटामा मुलुक, बैंकिङ हृयाकर आतंकवादीका सदस्य भएको आशंका, तामाकोसी सूचारु, वन अतिक्रमणकारी नहटाउन फेकोफन र दलको दबाब, गति लिँदै गौतमबुद्ध विमानस्थल निर्माण, ऋण घटाउँदै आयल निगम लगायतका खबर छन् ।
अभियान दैनिकमा ब्यापार सहजीकरणमा विश्व बैंकको १० अर्ब, निर्यातभन्दा आयात १० गुणा बढी, वित्तीय क्षेत्र विकास रणनीति पारित, ‘ट्रयाङक्विलिटी स्पा’ अब मलेसियामा, विजय आईएलएफसीको साधारण सेयर आउँदै लगायतका खबर छन् ।
अन्नपूर्ण पोष्टमा कोरिया कामदार ठगी प्रकरणः अनुसन्धान सुस्त, राज्यमन्त्रीको हस्तक्षेप, काठमाडौ विश्वको १९ औं उत्कृष्ट गन्तब्य, मजदुर निकालेपछि उद्योग ठप्प, ‘मेड इन नेपाल’ प्रदर्शनको तयारी लगायतका खबर छन् ।
नागरिक दैनिकमा जीएमआरले असर अध्ययन गर्न थप समय माग्यो, विश्वका उत्कृष्ट २५ गन्तब्यमा काठमाडौ, तामाकोसीमा सहमति, कन्टेनरमा दोहोरो तस्करी, कृषि बिमाले तानेन, पुरानाका दबाबमा नयाँलाई अनुमति दिइएन लगायतका खबर छन् । आर्थिक दैनिकमा खिलराज रेग्मीले उर्जा मन्त्रालयको गाडी फिर्ता गरेनन्, क्वालालम्पुर विमानस्थलमा नेपालीमाथि मलेसियाली प्रहरीको ज्यादती, राष्ट्रिय सहकारी बैंकमा ब्याज खर्च बढाउन षड्यन्त्र, ४० अर्ब रुपैयाँ कर फछ्र्यौट गर्न बाँकी, काठमाडौ उत्कृष्ट पर्यटकीय गन्तब्यमा १९ औं नम्बरमा लगायतका खबर छन् ।
0 Comments