Breaking News

6/recent/ticker-posts

Header Ads Widget

आजदेखि सुरु एसएलसी परीक्षा, पाँच लाख ७५ हजार विद्यार्थी सहभागी

५ चैत, काठमाडौं । प्रवेशिका (एसएलसी) परीक्षा बिहीबारदेखि सुरु भएको छ । देशभकार सबै परीक्षाकेन्द्रमा बिहान ८ बजेदेखि एकैसाथ परीक्षा सुरु भएको छ । परीक्षा बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।

परीक्षामा यसपालिदेखि उत्तरपुस्तिकासँगै प्रश्नपत्रमा पनि सिम्बोल नम्बर लेख्नुपर्ने नयाँ व्यवस्था लागू गरिएको छ । परीक्षा हलभित्रै प्रश्नपत्रमा लेखेर चिट चोरिने भएकाले त्यसलाई न्यूनिकरण गर्न यस्तो व्यवस्था गरिएको परीक्षा नियन्त्रक विष्णुबहादुर द्वारेले जानकारी दिए ।

यस वर्ष पाँच लाख ७४ हजार ६ सय ८५ विद्यार्थी परीक्षामा सहभागी हुँदैछन् । परीक्षामा चार लाख २६ हजार दुई सय १४ जना परीक्षार्थी नियमित तर्फका छन् भने एक्जाम्टेड तर्फ एक लाख ५४ हजार एक सय ८३ तथा प्राविधिक तर्फ तीन हजार दुई सय ८८ परीक्षार्थी सहभागी रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । परीक्षा आगामी चैत १६ गते सकिने छ । १९९० बाट एसएलसी परीक्षा लिने व्यवस्था गरिएको थियो ।

Post a Comment

0 Comments