Breaking News

6/recent/ticker-posts

Header Ads Widget

अपडेट : जुम्ला बस दुर्घटनामा मृतकको संख्या १८ पुग्यो

जुम्ला । जुम्लाको रारालिहीमा सोमबार विहान यात्रुबस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १८ पुगेको छ । मृतकमध्ये ३ जनाको सनाखत भएको छ । सनाखत हुनेहरुमा कालीकाखेतु १ की धनलक्ष्मी न्यौपाने, सनीगाउँ गाविस ५ का रविन्द्र भनिने रती रोकाया र महाबै बातरखोलाकी देबु रोकाया छन् । बस चालक सागर बुढा र सहचालक हर्क बुढाको पनि मृत्यु भए पनि उनीहरुको ठेगाना नखुलेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
ना ४ ख ४९७० नम्बरको कर्णाली यातायातको बस रारालिही गाविस-१ मा पर्ने काठकुडेनी भन्ने ठाउँमा सोमबार बिहान साढे ९ बजे दुर्घटना भएको थियो । जुम्लाबजारबाट बसमा २९ यात्रु लिएर बिहान ७ बजे कालिकोटको नाग्माका लागि छुटेको बस सडकबाट झन्डै दुई सय मिटर तल तिला नदीमा खसेको छ ।
१३ जनाको घटनास्थलमै र पाँच जनाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको हो । प्रतिष्ठानमा मृत्यु भएकामध्ये २ पुरुष, २ महिला र १ बच्चा छन् ।
घाइतेहरुलाई उपचारको लागि नजिकको स्वास्थ्य चौकी र सदरमुकामस्थित अस्पताल पठाउने क्रम जारी छ । रातभर पानी परेका कारण सडक चिप्लो भएर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ । दुर्घटनास्थल जुम्ला सदरमुकामबाट झण्डै १८ किलोमिटर टाढा पर्दछ ।

Post a Comment

0 Comments