प्रसिद्ध फोब्र्स पत्रिकाले केही समयअघि सार्वजनिक गरेको विश्वका अर्बपतिहरुको पछिल्लो सूचिमा प्रविधि उद्योगका धेरै मानिसहरुले आफुलाई पार्न सफल भए । विश्वका सबैभन्दा धनी मानिस विल गेट्स आफै प्रविधि उद्योगकै हुन् । उनी मात्र नभै अमेरिकी अन्य टेक जाएन्टका सिइओका साथै कतिपय चिनिया र भारतीय प्रविधि उद्योगका मालिक तथा प्रमुखहरु समेत विश्वका अर्वपतिहरुको सूचिमा सुचिकृत हुन सफल भए । विश्वको प्रविधि उद्योगका १५ जना धनाढ्यहरु यी हुन्-
१.बिल गेट्स- विश्वको नं. १ धनी व्यक्तिको रुपमा रहेका गेट्स अमेरिकी कम्पनी माइक्रोसफ्टका सहसंस्थापक हुन् । उनको सम्पत्ति ७९ अर्ब २० करोड डलर छ ।
२.ल्यारी इलिसन- ओर्याकल कम्पनीका सहसस्थापक तथा पूर्व सिइओ इलिसन विश्वका पाँचौँ सर्वाधिक धनी मानिस हुन् । ७० वर्षका इलिसनको सम्पत्ति ५४ अर्ब ३० करोड छ ।
३.जेफ बेजोस- अमेजन कम्पनीका संस्थापक तथा सिइओ बेजोस अर्वपतिको सूचिमा १५ औँ स्थानमा छन् । उनको सम्पत्ति ३४ अर्ब ८० करोड डलर छ ।
४. मार्क जुकरबर्ग- फेसबुकका संस्थापक तथा सिइओ ३० वर्षीय जुकरबर्ग फोब्र्सको धनाढ्यको सूचिमा १६ औँ स्थानमा छन् । उनको सम्पत्ति ३३ अर्ब ४० करोड छ ।
५.ल्यारी पेज- विश्वको अर्बपतिको सूचिमा १९ औँ स्थानमा रहेका पेजको कुल सम्पत्ति २९ अर्ब ७० करोड छ । उनी अमेरिकी कम्पनी गुगलका सहसस्थापक तथा सिइओ हुन् ।
६.सर्गेइ बि्रन- गुगलका सहसस्थापक तथा विशेष परियोजना निर्देशक बि्रन विश्वका २० औँ ठूला अर्बपति हुन् । उनको सम्पत्ति २९ अर्ब २० करोड डलर छ ।
७. ज्याक मा- चिनिया इ कमर्श कम्पनी अलिबाबाका संस्थापक अध्यक्ष ज्याक मा विश्वका अर्वपतिको सूचिमा ३३ औँ स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति २२ अर्ब ७० करोड डलर छ ।
८.स्टेभ बाल्मर- माइक्रोसफ्ट कम्पनीको पूर्व सिइओ बाल्मर विश्वका ३५ औँ अर्बपति हुन् । उनको कुल सम्पत्ति २१ अर्ब ५० करोड डलर छ ।
९. लरेन पावेल जब्स- एप्पलका सस्थापक स्टिभ जब्सकी श्रीमती लरेन इमर्सन कलेक्टिभ कम्पनीकी संस्थापक तथा अध्यक्ष हुन् । विश्वका अर्वपतिको सूचिमा ४५ औँ स्थानमा रहेकी जब्सको सम्पत्ति १९ अर्ब ५० करोड छ ।
१०. मिचेल डेल- अमेरिकी कम्प्युटर कम्पनी डेलका अध्यक्ष तथा सिइओ मिचेल डेल विश्वका अर्बपतिको सूचिमा ४७ औँ स्थानमा छन् र उनको कुल सम्पत्ति १९ अर्ब २० करोड रहेको छ ।
११. अजिम प्रेमजी- भारतीय बहुराष्ट्रिय आइटी कम्पनी विप्रो लिमिटेडका अध्यक्ष प्रेमजी विश्वका ४८ औँ धनी व्यक्तिह ुन् । उनको कुल सम्पत्ति १९ अर्ब १० करोड डलर बराबर छ ।
१२.पाउल अलेन- माइक्रोसफ्ट कम्पनीका सहसस्थापक अलेन विश्वका ५१ औँ धनी व्यक्ति हुन् । उनको कुल सम्पत्ति १७ अर्ब ५० करोड डलर छ ।
१३. मा हटेंग- चिनिया कम्पनी टेनसेन्टका सिइओ तथा अध्यक्ष मा विश्वका अर्बपतिहरुको सूचिमा ५६ औँ स्थानमा रहेका छन् । उनको कुल सम्पत्ति १६ अर्ब १० करोड डलर छ ।
१४.रोबिन ली- चिनिया वेब सर्भिस् कम्पनी बाइदु का संस्थापक तथा सिइओ रोबिन ली कुल १५ अर्ब ३० करोड डलर सम्पत्तिको साथमा विश्वका अर्बपतिको सूचिमा ६२ औा स्थानमा छ ।
१५. शिव नदार- भारतीय सूचना प्रविधि कम्पनी एचसीएल ग्रुपका संस्थापक शिव नादरको कुल सम्पत्ति १४ अर्ब ८० करोड डलर छ । उनी विश्वका अर्बपतिहरुको सूचिमा ६६ औं नम्बरमा पर्छन् ।
0 Comments